धर्म/संस्कृति

अर्जुनधारामा हजारौको जलार्पण

अर्जुनधारामा हजारौको जलार्पण


शनिश्चरे । श्रावणी अवसर पारेर प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा अन्तिम सोमबार हजारौं भक्तजनहरुले भगवान शिवजीलाई जल अर्पण गरेका छन् । धाम समितिले आन्तरिक तथा बाह्य भक्तजनहरुलाई लक्षित गर्दै भगवानको सिघ्र दर्शन गर्न चाहानेका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र परिवारलाई ५ सय रुपैयाँको व्यवस्था गरिएको हो ।

समितिले पहिलो सोमबार देखि लागू गरेको नियम अनुसार शुल्क तिर्न नसक्ने भक्तजनहरुलाई लाइनमा बसाएर दर्शन गर्न पाउने र अपाङ्ग तथा अशक्तका लागि निःशुल्क सिघ्र दर्शन गराउने व्यवस्था गरिएको थियो । धाममा अन्तिम सोमबार धार्मिक संघसंस्थाको आयोजनामा जल अर्पण कार्यक्रम गरिएको थियोे । जलेश्वरधाममा ५० हजार भन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको हुँदा सिघ्र दर्शनबाट ५० हजार रुपैयाँ उठ्ने अनुमान गरिएको समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । साउन महिनाको ५ सोमबार जम्मा १५ लाख रुपैयाँ संकलनको लक्ष्य राखेको उनले बताए ।

शेयर गर्नुहोस :

0
Shares