धर्म/संस्कृति

अर्जुनधारामा धार्मिक पदयात्रा

अर्जुनधारामा धार्मिक पदयात्रा


शनिश्चरे । सनातन धर्म संस्कृति संगठन राप्रपा जिल्ला समिति झापाको आयोजना र अर्जुनधारा नगर समितिको व्यवस्थापनमा सनातन हिन्दू राष्ट्रको लागि धार्मिक पदयात्रा तथा जलार्पण कार्यक्रम सोमबार सम्पन्न गरिएको छ ।

‘हुदैन शक्ति टुटेर ,नेपाली हामी फुटेर, धर्ममा हमला भइरहेको छ ,संरक्षण गरौं जुटेर’ भन्ने उद्धेश्यले राप्रपाद्वारा आयोजित पदयात्रा अर्जुनधारा नगरपालिका – ८ स्थित शिवालय मन्दिरबाट शुरु गरि अर्जुनधारा जलेश्वरधाममा पुगेर भगवान शिवजीलाई जल अर्पण गरिएको हो । राप्रपा कोशी प्रदेशका अध्यक्ष तथा दमक नगरपालिकाका मेयर राम थापाको अगुवाइमा बोल बम, बोल बम, जाग नेपाली जाग, हिन्दू राष्ट्र माग, वैदिक सनातन हिन्दू राष्ट्रको जय, सम्पूर्ण ओमकार परिवार एक हौं लगायत धार्मिक नाराहरु लगाउँदै पदयात्रा गरिएको सनातन धर्म संस्कृति संगठन जिल्ला समितिका अध्यक्ष केशव प्रसाद ओझाले जानकारी दिए ।

कार्यक्रममा राप्रपा झापा क्षेत्र नम्बर –२ ख का सचिव राजकुमार चौहान, अर्जुनधारा नगर समितिका सूर्य खतिवडा लगायत जिल्ला भरिका हजारौं पार्टी समर्थक तथा धर्मप्रेमी महानुभावको सहभागीता रहेको थियो ।

शेयर गर्नुहोस :

0
Shares