Banner news

मनमोहन अस्पताल र सुत्केरीको परिवारबीच सहमति

मनमोहन अस्पताल र सुत्केरीको परिवारबीच सहमति


बिर्तामोड । सुत्केरीको उपचारमा लापरबाही भएपछि उत्पन्न विवाद समाधान भएको छ । हिजो साँझ र आज दिउँसो बसेको दुई पक्षीय छलफलले सहमति जुटेको हो ।

अस्पताल प्रशासन, जनप्रतिनिधि, पीडित परिवार र प्रहरीबीच भएको छलफलमा एकमुष्ट ३५ लाखमा सहमति जुटेको सुत्केरी सृजना संग्रौलाको काका हेमराज संग्रौलाले जानकारी दिए । उनका अनुसार सृजना मनमोहनको कर्मचारी समेत भएकोले २० लाख राहत र बच्चाको शिक्षा, स्वास्थ्यका लागि १५ लाख अस्पतालले दिने सहमति भएको उनले जानकारी दिए । इजलाससित कुरा गर्दै उनले भने, उपचार शुल्क पनि मनमोहन अस्पतालले नै व्यहोर्ने सहमति भएको छ ।

प्रसुती गराउन आएकी बिर्तामोड नगरपालिका-१ की २७ वर्षीया सिर्जना संग्रौलाको उपचारका क्रममा भएको लापरवाहीका कारण अवस्था गम्भीर भएको थियो । डाक्टर एकराज गौतमले अपरेसन गरी बच्चा जन्मिसकेपछि सुत्केरीको उपचारमा लापरबाही गरेको आरोप छ ।

मनमोहन अस्पतालमा उनको थप उपचार हुन नसकेपछि बिर्तासीटी अस्पताल लगिएको थियो । बिर्तासिटी अस्पतालमा उपचार हुँदै गर्दा संग्रौलाको अवस्था थप जटिल बनेको प्रशासन विभाग प्रमुख विनोद कुमार बस्नेतले जानकारी दिए ।

उपचार गर्दा सुत्केरीको अवस्था जटिल भएपछि उनका आफन्त र मनमोहन अस्पताल प्रसासनबीच बिवाद उत्पन्न भएको थियो । बिवाद बढ्दै गएर ठुलो भौतिक क्षति हुनसक्ने सम्भावनाका कारण प्रशासनले अस्पताल परिसरमा सयौं प्रहरी परिचालन गरेको थियो । मंगलबार पनि अस्पताल परिसरमा प्रहरीले सुरक्षा दिइरहेको छ ।

यसैबीच पीडित परिवार र अस्पताल प्रशासनबीच भएको वार्ताले सहमति भएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिए । उपचारमा संलग्नहरुको विभागीय कारवाही हुने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares