मेचीनगर । झापाको मेचीनगर नगरपालिका, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिका बीच नदीजन्य पदार्थ ठेक्का लगाउने बिषयमा छलफल भएको छ ।

बुधबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको कक्षमा तीनवटै पालिकाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधि र कर्मचारीसहितको बैठक बसी आगामी दिनमा कसरी नगर क्षेत्रका नदि तथा खोलाबाट नदीजन्य पदार्थ ठेक्का लगाउने भन्ने बिषयमा पहिलो चरणको छलफल सम्पन्न भएको मेचीनगर नगरप्रमुखको सचिवालयले जनाएको छ ।
असोज १ गतेदेखि नदी तथा खोला खुल्ला हुने सरकारी प्रावधान छ । जस अन्तर्गत स्थानीय पालिकाहरुले मापदण्ड पुर्याएर आफ्नो क्षेत्रमा पर्ने नदी तथा खोलाहरु ठेक्का लगाउने गर्दछन् । जुन स्थानीय तहको आम्दानीको रुपमा समेत रहने गर्दछ ।
बैठकमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, अर्जुनधारा नगर प्रमुख बलदेव गोम्देन, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेती, अर्जुनधारा उपप्रमुख खड्गमाया पराजुली, बुद्धशान्ति १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अनिल वाग्ले, मेचीनगर प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, ईन्जिनियरलगायतका अन्य कर्मचारीहरूको सहभागीता रहेको थियो ।







प्रतिक्रिया