Banner news

त्रिशूलीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु

त्रिशूलीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु


काठमाडौं । त्रिशूली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

धादिङको गजुरी २, चालीसे झरना नजिकै त्रिशूलीमा बस खस्दा सवारमध्ये ८ वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख गौतम मिश्रले बताए ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो । उद्धार अहिले पनि जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares