Banner news

नेम्वाङको पार्थिव शरीर बालुवाटारमा

नेम्वाङको पार्थिव शरीर बालुवाटारमा


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा राखिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिनसम्म राखिएको उनको पार्थिव शरीरलाई बुधबार दिउँसो बालुवाटारस्थित निवासमा राखिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । मङ्गलबार बिहान हृदयघातका कारणले निधन भएका नेता नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ भोली पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

शेयर गर्नुहोस :

0
Shares