विराटनगर । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन सुरु भएको छ ।

शुक्रबार ११ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी साढे १ बजेदेखि सुरु भएको हो ।
अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली विराटनगर आइसक्नु भएको छ। उहाँले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
नेकपा एमाले कोशी प्रदेशको उदघाटन स्थलमा अहिले विभिन्न सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । कार्यक्रम स्थलमा कोशी प्रदेशका सांस्कृतिक तथा विभिन्न जातिको सांस्कृतिक नृत्य प्रस्तुत भइरहेको छ ।
कार्यक्रमामा सङ्गीनी नृत्य, नेवारी नाछ धिमाल नाच देखाइएको छ । यसैगरी, अतिथिलाई स्वागत गर्न च्याब्रुङ नाचदेखि अन्य सांस्कृतिक झाँकी समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस्तै, कार्यक्रम स्थललाई ध्वजा पतकाले सिङारिएको छ ।
विराटनगरस्थित होटल मनास्लुमा सुरु भएको अधिवेशनमा प्रदेशभरबाट एक हजार ५० जना अधिवेशन प्रतिनिधि सहभागी भएका छन् ।







प्रतिक्रिया