Banner news

एमाले कोशी अधिवेशन : उम्मेदवारको नामावली सार्वजनिक

एमाले कोशी अधिवेशन : उम्मेदवारको नामावली सार्वजनिक


विराटनगर – नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुनेछ ।

शुक्रबारदेखि जारी रहेको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना मैदानमा छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्षको प्रतिस्पर्धामा छन् ।

यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् । सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका छन् ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

शेयर गर्नुहोस :

0
Shares