विराटनगर – नेकपा एमाले कोशी प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
आइतबार राति बजेदेखि मतदान सुरु भएको हो । बिहान ११ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि साँझ ५ बजेलाई सारिएको थियो । ५ बजे पनि सुरु हुन नसकेपछि राति ९ बजे सारिएको हो ।
अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्य चयन गरिनेछ । उपाध्यक्ष टीकाराम चेम्जोङसहित ४९ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । अब चार पदाधिकारी र १६२ सदस्यका लागि निर्वाचन हुनेछ ।
प्रदेश अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा चुनावी मैदानमा छन् ।
सचिवमा शैलेश लामा र राजकुमार भण्डारी उम्मेदवार छन् । उपसचिवमा खेम नेपाली, देवान राई र जलवर्षा राजवंशी उम्मेदवार छन् ।







प्रतिक्रिया