मुख्य समाचार

कोटीहोमको अध्यक्षमा थापा निर्वाचित बिजयी

कोटीहोमको अध्यक्षमा थापा निर्वाचित बिजयी


बिर्तामोड । कनकाईमा रहेको कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित भएका छन् । मंगलवार साँझ सार्वजनिक परिणाम अनुसार थापा निर्वाचित भएका हुन् ।

मत परिणाम अनुसार थापाले अर्का अध्यक्षका उम्मेदवार नरेन्द्रप्रसाद फुयाँललाई १४७ मतान्तरले पराजित गरेका छन् । थापाले ५२३ मत प्राप्त गर्दा प्रतिष्पर्धी फुयाँलले ३७६ मत प्राप्त गर्न सफल भए ।

यस्तै, महासचिवमा थापा प्यानलकै दिनानाथ खतिवडा निर्वाचित भए । खतिवडा ४३५ मत ल्याएर बिजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी दलका तर्फबाट उम्मेद्वारी दिएका कृष्णप्रसाद घिमिरेले ४२२ मत प्राप्त गरे ।

शेयर गर्नुहोस :

0
Shares