मुख्य समाचार

सहारा नेपाल तेतरीया : ‘जीतीया’को शुभकामना आदान–प्रदान

सहारा नेपाल तेतरीया : ‘जीतीया’को शुभकामना आदान–प्रदान


कटहरी । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था अन्तरगत मोरङको ग्रामथान–५ मा रहेको तेतरीया सेवा केन्द्रले कटहरी गाउँपालिका–५ स्थित वडा कार्यालयमा थारु समुदायको महान पर्व ‘जीतीया’को शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ ।

थारु समुदायको धर्मसंस्कृति जगेर्ना गर्दै एक अर्कामा भाईचाराको भावना वढाउने उदेश्यले जीतिया पर्वको अवसरमा शुक्रवार शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको साकोस सेवाकेन्द्र तेतरीयाका कार्यालय प्रमुख एकादेव कट्टेलले जानकारी दिए ।

पार्वती सहारा महिला समुह नम्बर ३३ की अध्यक्ष सितादेबी सरदारको अध्यक्षतामा भएको कार्यक्रममा कटहरी गाउँपालीका–५ वडाध्यक्ष सम्पतलाल सरदारको प्रमुख आतिथ्य तथा सहारा नेपाल साकोस अनुगमन कार्यालय सलकपुरका प्रमुख महेश तामाङको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कृषि प्रावीधीक सन्जीत यादव, जोवा प्रोजेक्टकी सहजकर्ता अमृताकुमारी माँझी, स्थानीय समाजसेवी मन्जीता सरदार र दुर्गानन्द सरदारको आतिथ्य रहेको थियो । स्वागत तथा कार्याक्रमको औचित्यमाथि प्रकाश सेवाकेन्द्र प्रमुख एकादेव कट्टेलले प्रस्ट पारेको कार्यक्रममा समग्र संस्थाको वारेमा अनुगमन प्रमुख तामाङले प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सरदारले सहारा नेपालले आयोजना गरेको कार्याक्रमको प्रशंसा गर्दे अगामी वर्षहरुमा वडाले नै आयोजना गर्ने जानकारी दिए । कार्याक्रमको सञ्चालन सकोसका कर्मचारी सन्तोष खवासले गरेका थिए । कार्यक्रममा जितिया पर्वको पूजाविधी र नाचगानसमेत गरिएको थियो ।

मुख्य कार्यालय विर्तामोड २ स्थित चारपानेमा रहेको सहारा नेपाल साकोसले आफ्नो ८० सेवाकेन्द्र मार्फत १ लाख ६० हजार वढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ । नेपालकै ठूलो र उत्कृष्ट संस्थाका रुपमा परिचित संस्था राष्ट्रिय तथा अन्र्तरास्ट्रिय स्तरमा परिचीत संस्था हो । बचत र ऋणको कारोवारसँगै जीवन विमा, रेमीट्यान्स, मोवाइल वैङकीङ र जीवनवर्दान कार्यक्रममार्फत आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको छ ।

शेयर गर्नुहोस :

0
Shares