Banner news

स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

P]ltxfl;s:yn dem’jfu9Ldf Vofltk|fKt lrqsf/ vf]6fª, !( c;f]h M vf]6fªsf] lbQm]nl:yt ls/fFt P]ltxfl;s:yn dem’jfu9Ldf a;]/ z’qmaf/ wfld{s tyf ko{6sLo:ynx?sf] nfOe -k|ToIf_ lrq sf]b}{ :jb]z tyf ljb]zL rqsf/ . lbQm]n ?kfsf]6 dem’jfu9L gu/kflnsf vf]6fª / wg’ cf6{ :6’l8of] sf7df8f}Fn] cfof]hgf u/]sf] d’Gb’d cGt/f{li6«o lrqsnf Kn]g Po/ sfo{zfnf tyf k|bz{gL–@)*)Údf ;xefuL x’g g]kfn;lxt ci6«]lnof, a+unfb]z, e’6fg, rLg, hfkfg, OlhK6, ef/t, nfteLof, lny’cfgLof, blIf0f sf]l/of, cd]l/sf, o’qm]g / leotgfdsf Vofltk|fKt lrqsf/ vf]6fª cfPsf 5g . t:jL/ M s]bf/ du/÷/f;;

केदार मगर

खोटाङ, २० असोज – लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आउनुभएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतार्नुभयो । एकपटक हेरेकै भरमा उहाँले ती महिला चित्र क्यानभासमा उतार्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स्टुडियो काठमाडौँले दिक्तेलमा आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रममा काठमाडौँबाट आउनुभएका चित्रकार रतनकुमार राईले मझुवागढीकै चित्र डिजिटल क्यामेराले खिचेको तस्वीर जत्तिकै प्रस्ट देखिने गरी क्यानभासमा उतार्नुभएको छ । किराती राजा रणवीर हाङले विसं १८०४ सम्म राज्यसत्ता सञ्चालन गर्नुभएको ऐतिहासिकस्थल मझुवागढीको भग्नावशेष हेरेर चित्रकार राईले क्यानभासमा त्यसैको चित्र जस्ताको तस्तै उतार्नुभएको हो ।

अमेरिकाकी चित्रकार एवं प्रोफेसर जोय वल्फले दिक्तेल बजारस्थित किरातचोकको एउटा घरको बार्दलीबाट देखिने दृश्यलाई क्यान्भासमा उतार्नुभएको छ । घरको बार्दलीमा कुर्सी राखेर बस्दा अगाडि पूर्वतर्फ जे दृश्य देखियो, त्यही दृश्यलाई चित्रमा उतार्न तल्लिन प्रोफेसर वल्फले डेढ घण्टाभित्रै आफ्नो अगाडि देखिएका दृश्यको दुरुस्त चित्र क्यान्भासमा उतार्नुभयो ।

पाँचदिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा सहभागी हुन काठमाडौँबाट खोटाङ आउनुभएका चित्रकार विजय थापाले पनि सोही घरको बार्दलीबाट अगाडि देखिएका दृश्यलाई क्यान्भासमा जस्ताको तस्तै उतार्नुभएको छ । चित्रकार थापाले दिक्तेल बजार प्रवेशद्वार र त्यसको पृष्ठभूमिलाई तस्वीरझैँ उतार्नुभएको हो ।

यही असोज १७ गतेदेखि दिक्तेलमा सञ्चालन भएको कार्यक्रममा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त चित्रकारले मझुवागढी, किरातचोक, भवनगैरा, हाटडाँडा, शङ्खधर साख्वाचोक, शुभम् फाउन्डेसन र जालपा पुगेर फरक–फरक दृश्यका प्रत्यक्ष चित्र कोरेका छन् । कतिपय चित्रकारले अगाडि जे देखिन्छ त्यही दृश्यलाई क्यान्भासमा उतारेका छन् भने कतिपयले आफ्नो मोबाइलमा कैद गरिएका तथा जिल्ला अन्य स्थानीय तहबाट सङ्कलन गरिएका राम्रा दृश्यलाई र कोहीले आफ्नै इच्छाअनुसार चित्रहरू कोरेका छन् ।

स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको नगरप्रमुख तीर्थराज भट्टराईले प्रतिक्रिया दिनुभएको छ । “चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभई समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा परिचित गराउँदै यहाँको संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने हाम्रो प्रमुख उद्देश्य हो”, उहाँले भन्नुभयो, “नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा हामी सफल भएका छौँ ।”

चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका गरी ४३ जना चित्रकार खोटाङ आएका छन् । स्वदेश तथा विदेशमा ख्यातिप्राप्त चित्रकारले उतारेका पेन्टिङ चित्रलाई जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा साङ्गीतिक कार्यक्रम, स्थानीय परिकारको स्टल, सांस्कृतिक झाँकी, नृत्य प्रदर्शनसहित प्रदर्शनी गरिएको छ ।

स्वदेश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारले तयार पारेका चित्र प्रदर्शनी कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छात्र÷छात्राले तयार पारेका चित्रलाई पनि समावेश गराइएको नगरपालिकाले जनाएको छ । जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो ।

जिल्लामै पहिलोपटक दिक्तेलमा आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम हजारौँले अवलोकन गरेका छन् । प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

स्वदेश तथा विदेशका चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँस्थित आर्ट ग्यालरीमा लगेर प्रदर्शनी गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताउनुभयो । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्र हाम्रो नगरपालिकाको सम्पत्ति हो । यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “चित्रकारले प्रत्यक्ष कोरेका यी चित्र नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।”

नगरपालिकाले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम ऐतिहासिक भएको बुद्धिजीवीहरूको प्रतिक्रिया छ । चित्रकारले क्यानभासमा कोरेका चित्र सामाजिक सञ्जाल ‘फेसबुक’मा राख्दै उहाँहरूले आयोजकलाई धन्यवाद दिइरहनु भएको छ ।

नेपाल सरकारका सङ्घीय खेलकुदमन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा आज आयोजना गरिएको समापन कार्यक्रममा ‘राई इज किङ’ उपाधि प्राप्त चर्चित गायक राजेशपायल राईले विशेष साङ्गीतिक प्रस्तुति दिनुभएको थियो । गायक राईको साङ्गीतिक प्रस्तुतिमा स्वदेश तथा विदेशका चित्रकार छमछमी नाचेका थिए ।

शेयर गर्नुहोस :

0
Shares