बिर्तामोड । प्रतिनिधिसभा सदस्य हर्कमाया विश्वकर्माले बिर्तामोडको हात्ती समस्याबारे आज सरकारलाई ध्यानाकर्षण गराएकी छन् । उनले जंगली हात्तीका कारण बिर्तामाड वडा नं. ६,७ र ८ को समस्याबारे ध्यानाकर्षण गराउदै समाधानका लागि सरकारसँग आग्रह गरेकी हुन् ।

प्रतिनिधिसभा बैठकमा जंगली हात्तीका कारण कृषिबाली र घरहरुमा क्षति पुराउदै आएको सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् । दैनिकजसो हात्ती गाउँ पस्ने र नागरिकको जनजीवन अस्तव्यवस्त हुने गरेको उनको भनाई छ ।
दिनरात कुन बेला ज्यान गुमाउनुपर्ने हो भन्दै सो क्षेत्रका नागरिक चिन्तित भएको बताउँदै नागरिकको सुरक्षाका लागि प्रभावकारी सुरक्षाको प्रवन्ध मिलाउन आग्रह गरिन् । उनले सरकारको गुरुयोजना भए पनि तत्काललाई सोलार फेन्सिङको व्यवस्थापन मिलाउन सरकारलाई आग्रह गरेकी छन् ।







प्रतिक्रिया