Banner news

बिर्तामोडमा १३ किमि सोलार फेन्सिङ लगाइदैं

बिर्तामोडमा १३ किमि सोलार फेन्सिङ लगाइदैं


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि १३ किमि सोलार विधुतीय तारवार (सोलार फेन्सिङ ) लगाइने भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोड नगरपालिकाको वडा नं ६ स्थित देउनिया खोलाको पुल छेउवाट दक्षिण करिव १३ किमि क्षेत्रमा हात्ती नियन्त्रणका लागि सोलार फेन्सिङका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । वन तथा वातावरण मन्त्रालयबाट सोलार फेन्सिङ कार्यक्रम सञ्चालन स्वीकृत भएको बुझिएको छ । बिर्तामोड ६,७ र८ का नागरिकहरु हात्ती प्रभावित भएका छन् ।

बिर्तामोड नगरपालिकाको माग बमोजिम सभामुख देवराज घिमिरेको पहलमा सोलार फेन्सिङ कार्यक्रम स्वीकृत भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले तिहार अघि सर्भे सम्पन्न गर्ने जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares