धर्म/संस्कृति

नवयुवा क्लबले दुर्गा पुजा आयोजना गर्ने

नवयुवा क्लबले दुर्गा पुजा आयोजना गर्ने


शनिश्चरे । अर्जुनधारा नगरपालिका – ४ र ७ संयुक्त नवयुवा क्लबले बिगत बर्षहरु झै यस बर्ष पनि असोज २८ गतेदेखि कार्तिक ६ गते समापन हुने गरि सामूहिक दुर्गा पूजा लगाउने भएको छ ।

क्लबको बार्षिक दशौं अनुष्ठानको रुपमा सामूहिक दुर्गा पूजा स्थानीय एकता चोकस्थित सामुदायिक भवनमा आयोजना गर्न लागेको हो । दुर्गा पूजा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि सामाजिक व्यक्तित्व तुलसी श्रेष्ठको संयोजकत्व र सदस्यहरु हिरामान शाह, केदारनाथ पराजुली, केबल चौहान, अमृत भण्डारी, रमा भट्टराई र जानुका निरौला रहेको दुर्गा पूजा आयोजक मुल समिति गठन गरिएको छ । त्यस्तै राजेन्द्र शाहको संयोजकत्वमा आर्थिक समिति, मान बहादुर पाण्डेको संयोजकत्वमा मण्डप व्यवस्थापन समिति, अञ्जु चौहानको पूजा आराधना समिति, कमल मगरको संयोजकत्वमा सुरक्षा समिति, मदन भट्टराईको संयोजकत्वमा गल्ला व्यवस्थापन समिति, भोला परियारको अनुगमन तथा सल्लाहकार समिति र डम्बर भण्डारीको संयोजकत्वमा जमरा व्यवस्थापन विभागीय उपसमितिहरु गठन गरिएको क्लबका अध्यक्ष देवेन्द्र मैनालीले जानकारी दिए ।

दुर्गा पूजा सम्पन्न गर्न लगभग १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने र पूजाबाट २ लाख रुपैयाँ सहयोग संकलन हुने अनुमान गरिएको क्लबका सचिव पूर्ण बहादुर भुजेलले (दिनेश) जानकारी दिए । पूजा अवधिभर प्रत्येक साँझ ७ ः०० बजेदेखि राति १०ः३० बजेसम्म धार्मिक प्रवचन, भजन–किर्तन र साँस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares