Banner news

काँकरभिट्टा नाकामा सुरक्षा जाँचका निम्ति कुकुर परिचालन

काँकरभिट्टा नाकामा सुरक्षा जाँचका निम्ति कुकुर परिचालन


झापा । चाडपर्वलाई लक्षित गर्दैै लागुऔषध ओसारपसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल प्रहरीले पूर्वी नाका काँकरभिट्टामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘ब्सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत सिमावर्ती क्षेत्रबाट हुन सक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि २ वटा तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

मेचीनगर नगरपालिकाको वडा नं. ६ स्थित नेपाल भारत सीमाना काँकरभिट्टामा प्रहरीले कुकुर सहित चेकजाँच सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रिजालका अनुसार चाडपर्व भरी नाकामा हुने चेकजाँचमा कुकुर परिचालन हुने छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीको टोलीले कुकर सहित नाकामा सुरक्षा सतर्कता बढाएको हो ।

शेयर गर्नुहोस :

0
Shares