Banner news

खुदुनाबारी दुर्घटनामा दुइृको मृत्यु, शोकमा डुब्यो गाजाबारी

खुदुनाबारी दुर्घटनामा दुइृको मृत्यु, शोकमा डुब्यो गाजाबारी


झापा । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित खुदुनाबारी बजार नजिकै झेलेनीमा आज भएको सवारी दुर्घटनाले गाजाबारी शोकमा डुवेको छ । दुर्घटनामा एकै गाउँका २ जनाको मृत्यु भएको छ ।

खुदुनाबारीबाट बिर्तामोड तर्फ आउदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक (हात्तीगाडी) संग मे ५ प ४४८५ नम्बरको स्कुटर ठक्कर खादा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाका प्रमुख नवराज न्यौपानेले जानकारी दिनुभयो ।

दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका अन्दाजी ३५ बर्षका याम भट्टराईको घटना स्थलमै मृत्यु भएको प्रहरी निरीक्षक न्यौपाने बताउनु भयो । दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारी कै अन्दाजी ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बि एण्ड सि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको उहाँले बताउनुभयो ।

हात्ती गाडीका चालक हेम बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घटनाको थप अनुसन्धान भाईरहेको प्रहरीले बताएको छ ।

मृत्यु हुने दुवैजना एकै गाउँका हुन् । हात्ती गाडी चालक पनि सोही गाउँका पूर्व बासिन्दा रहेको बुझिएको छ ।

शेयर गर्नुहोस :

0
Shares