रूपन्देही । जाजरकोट र रुकुम पश्चिममा गएराती गएको भूकम्पले पु¥याएको क्षतिबारे जानकारी लिन अहिले केही बेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल जान लागेका छन् ।
यहाँ भूकम्पले ठूलो जनधनको क्षति पुराएको छ । खोज, उद्वार तथा उपचार ब्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम पनि अहिले स्थलगत जादै गरेको उनको सचिवालयले जनाएको छ ।
बिहानैदेखि घाइतेहरूको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा २ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन हुनेछन्।







प्रतिक्रिया