मुख्य समाचार

‘जाउँ है पोखरा’ मा झापालीलाई निम्तो

‘जाउँ है पोखरा’ मा झापालीलाई निम्तो


बिर्तामोड । पोखराका होटल व्यवसायीहरुले झापाको बिर्तामोडमा ‘जाउँ है पोखरा’ कार्यक्रमबारे जानकारी गराएका छन् । पर्यटन प्रवद्र्धन मुख्य उद्देश्य रहेको कार्यक्रमका लागि पोखरा होटल व्यवसायी संघले पूर्वमा अभियान सञ्चालन गरिरहेको छ ।

झापाका होटल व्यवसायी, ट्राभल्स व्यवसायी र सञ्चारकर्मीहरुसँग होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी लगायत अभियान्ताहरुले ‘जाउँ है पोखरा’ को औचित्यमाथि प्रकाश पारेका थिए ।

आ िबिर्तामोडको सिपी होटलमा भएको कार्यक्रममा अध्यक्ष सुवेदीले पूर्वी नेपालका प्रमुख सहरमा पर्यटनसम्बद्ध क्षेत्रका व्यवसायीलाई भेट्दै पोखरा भ्रमणको निम्तो दिन कार्यक्रम गरिएको जानकारी दिए ।

अन्तरक्रियामा अध्यक्ष सुवेदीले आफूूहरूले दुई दशकअघिदेखि नेपालभित्रैका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्दै आएको जानकारी गराएका थिए ।

घले अभियान सञ्चालन गर्दा तत्कालीन समयमा एक प्रतिशतमात्रै रहेको आन्तरिक पर्यटकको आगमन हालसम्म आइपुग्दा ३५ प्रतिशत पुगिसकेको उनले बताए ।

शेयर गर्नुहोस :

0
Shares