अर्जुनधारामा महाकवि देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा पत्रकार राई सहित ३ जना सम्मानित – शनिश्चरे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीको अवसरमा ज्येष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधारा नगर समितिले पत्रकार इन्द्रकुमार राईसहित ३ जनालाई सम्मान गरेको छ ।
स्थानीय मिलन समाजको आयोजना र अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा आइतबार ज्येष्ठ चौतारीमा भएको देवकोटा जन्मजयन्ती समारोहका प्रमुख अतिथि तथा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा पत्रकारिता क्षेत्रमा अनवरत योगदान पु¥याउने इजलास दैनिकका संवाददाता इन्द्रकुमार राई, साहित्य क्षेत्रमा योगदान पु¥याउने हरिलाल श्रेष्ठ र संगीत तर्फ योगदान पु¥याउने रेवत बहादुर मगरलाई सम्मान –पत्रसहित खादा र ढाका टोपी, अबिर लगाई जनही नगद ४ हजारका दरले पुरस्कृत गरिएको छ ।

जन्मजयन्ती समारोहमा चर्चित भजन गायक देवीभक्त श्रेष्ठले देवकोटाद्वारा रचित कुन मन्दिर जान्छौं यात्री भन्ने गीत प्रस्तुत गरेपछि उनले देउसीभैलो सम्बन्धी ए ! है भन भन भाई हो, स्वर मिलाइ भन जस्ता गीत प्रस्तुत गर्दै मञ्चमा दर्शक दिर्घाहरुलाई नचाए ।
त्यस्तै छन्द कवि मोहन प्रसाद घिमिरे र स्थानीय कवि पदमलाल सुवेदीले आ–आफना कविता वाचन गरेका थिए भने सम्मानित तर्फबाट मगरले बाँसुरीको धुन (संगीत) सुनाएर आफ्नो कला प्रस्तुत गरेका थिए । मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराईको सभापतित्व तथा कोषाध्यक्ष कृष्णप्रसाद पौडेलको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, विशिष्ट एवं अर्जुनधारा नगरपालिका –८ का वडा अध्यक्ष कुमारप्रसाद उप्रेती , मिलन समाजका वरिष्ठ लक्ष्मीप्रसाद इङनाम ,उपाध्यक्ष लवकुश गिरी लगायतले साहित्यका प्रतिमूर्ति महाकवि लक्ष्मीप्रसाद देवकोटालाई श्रद्धा सुमन अर्पण गर्दै देवकोटाले साहित्य क्षेत्रमा पु¥याएको महत्वपूर्ण योगदानका बारे चर्चा गरेका थिए ।
यसअघि देवकोटाको प्रतिमामा संस्थापक अध्यक्ष गणेश प्रसाई, वर्तमान अध्यक्ष भट्टराई, सचिव शेखरनाथ अधिकारी लगायतले माल्यार्पण गरेका थिए । बिगत ७ बर्षअघि देखि तिहारको लक्ष्मीपूजाका दिन मिलन समाजले देवकोटाको जन्मजयन्ती मनाउँदै आएको संस्थापक सदस्य नरेन्द्र तिम्सिनाले जानकारी दिए ।







प्रतिक्रिया