Banner news

कचनकवलमा खोला तर्ने क्रममा मोटरसाइकल बगायो

कचनकवलमा खोला तर्ने क्रममा मोटरसाइकल बगायो


बिर्तामोड । झापामा खोला तर्ने क्रममा मोटरसाइकल बगाएको छ । झापा प्रहरीका अनुसार आज साढे १२ बजे कचनकवल २ मा खोला तर्ने क्रममा मोटरसाइकल बगाएको हो ।

झापा कचनकवल गाँउपालिका वडा नं.२ मा रहेको अमरखुट्टा खोला तर्ने क्रममा २७ वर्षीय रवि भट्टराईको प्र.१–०२–०५प ६९७८ नं.को मोटरसाइकल खोलाले बगाएको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चालक भट्टराई सकुशल रहेका छन् । प्रहरी चौकी पथरियाको टोलीले मोटरसाइकलको खोजतलास गरिरहेको जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares