मुख्य समाचार

फिदिममा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

फिदिममा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु


फिदिम । पाँचथरको फिदिम नगरपालिका- ४ चिसापानीमा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ। फिदिम १२ घर भएकी २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरूलाई बिहान ४ बजेतिर पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हेमन्त भण्डारीले जानकारी दिए। केही टाढा डेरा गरी बस्ने उनीहरू शुक्रबार राति साथीको घरमा सुत्न आएको प्रहरीले जनाएको छ। प्रहरीले जनाएको दुवैजनाको शव निकालिसकेकोछ। पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu