मुख्य समाचार

झ्याप्ले खोलाको पहिरोमा पुरिएको अर्को माइक्रो बस पनि भेटियो, १० जनाको शव निकालियो

झ्याप्ले खोलाको पहिरोमा पुरिएको अर्को माइक्रो बस पनि भेटियो, १० जनाको शव निकालियो


धादिङ, १३ असोज । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा माइक्रो बस पनि भेटिएको छ ।

माइक्रो बस चितवनबाट आएको भएको बताइएको छ । माइक्रोको नम्बर भने अहिलेसम्म जानकारी भएको छैन । माइक्रोबाट दशजनाको शव बाहिर निकालिएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा माइक्रो बस भेटिएको हो । यसअघि हिजो बस पनि सोही पहिरोमा पुरिएको थियो । सो बसबाट १४ जनाको शव हिजै निकालिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares