मुख्य समाचार

दशैं विदामा झापा अदालत खूल्ने

दशैं विदामा झापा अदालत खूल्ने


भद्रपुर । झापा जिल्ला अदालत दशैको विदामा समेत खुल्ने भएको छ । झापा जिल्ला अदालतले मंगलबार एक सूचना जारी गर्दै असोज १७ देखी ३० गते सम्म अदालत बन्द रहने समयमा बिहान ११ बजे देखी दिनको ३ वजेसम्म अदालत खूल्ला रहने जनाईएको छ ।

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सूनुवाई गर्न र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पुर्जी जारी गर्ने कार्यका लागि अदालत खुला रहने अदालत प्रशासनले जनाएको छ ।

सामान्यतयः अन्य सरकारी कार्यालय दशैका अवसरमा ६ दिन दशै विदा दिने गरे तापनि देशभरका अदालतहरु भने १५ दिन बिदा दिने गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares