मुख्य समाचार

दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु

दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप, एक जनाको मृत्यु


झापा – दमकमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– ३ मा जग्गा सम्बन्धी विवादमा हुँदा दमक ९ निवासी ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा परी गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरीका इन्स्पेक्टर रामभक्त आचार्यले जानकारी ।

घटना मंगलवार दिउँसो ४ बजे भएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares