मुख्य समाचार

मेचीनगरको किराना पसलमा आगलागी हुँदा १ लाखको क्षति

मेचीनगरको किराना पसलमा आगलागी हुँदा १ लाखको क्षति


बिर्तामोड । झापा मेचीनगर- ३ धिमाल गाँउमा बिहविार राती आगलागी भएको छ । स्थानीय शर्मिला मेचेको टिनको छाना भएको घुम्ती किराना पसलमा दियोबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा भएको किराना सामान जलेर नष्ट भएको बताइएको छ । आगलागी हुनासाथ स्थानीयबासी सहयोगमा निभाइएको थियो । आगलागीबाट किराना पसलको करिव १ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares