मुख्य समाचार

टिकटक आधिकारिक रुपमा नेपालमा दर्ता

टिकटक आधिकारिक रुपमा नेपालमा दर्ता


काठमाडौं, २१ कात्तिक । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको हो । टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको हो ।

टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो । दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares