मुख्य समाचार

रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन- देउवा

रास्वपाले अनावश्यक होहल्ला गर्न आवश्यक छैन- देउवा

;~rf/sdL{;Fu ;efklt b]pjf gf/fo0fu9 -lrtjg_ !* kmfu’g M k”j{ k|wfgdGqL Pjd sfFu|]; ;efklt z]/axfb’/ b]pjf z’qmaf/ lrtjgsf] e/tk’/ ladfg:yndf ;~rf/sdL{;Fu ;d;fdlos ljifodf s’/fsfgL ub}{ . tl:a/ M ;gb clwsf/L÷/f;;

धनगढी । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकाहरुसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो-हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन् । साथै उनले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने बताए ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्वाध रुपमा अघि बढ्ने र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुने स्पष्ट पारे ।

सभापति देउवा गृहजिल्ला डडेल्धुरामा करिब एक साता बसेर विभिन्न स्थानीय कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।

शेयर गर्नुहोस :

0
Shares