Banner news

‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१’ सुरु

‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१’ सुरु


बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखी ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१’ सुरु भएको छ । मंसिर १५ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन कोशी प्रदेशका खानेपानी तथा सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले गरेका हुन् ।

नेपाल चलचित्रकर्मी संघ र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गर्दै मन्त्री कार्कीले सबै जातजातिको धर्म संस्कृतिको जगेर्ना अहिलेको आवश्यकता भएको बताएका छन् । उनले समृद्धिका लागि सबैको संस्कृतिलाई समान ढङ्गले जगेर्ना गर्न आवश्यक रहेको औँल्याए ।

महोत्सवमा पर्यटन प्रवर्द्धनसँगै चलचित्रको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । सोही अवसरमा पाँच दिने अभिनय कार्यशाला समेत गरिने चलचित्रकर्मी संघका अध्यक्ष केवल तामाङले बताए ।

महोत्सवमा विभिन्न मनोरञ्जनका खेल, कार्यक्रम रहने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । तामाङ घेदुङका अध्यक्ष विजय तामाङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन, बिर्तामोडका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, कलाकार प्रेम सुब्बा, चलचित्र निर्माता किशोर सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो । केवल तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन घेदुङका सचिव गणेश तामाङले गरेका थिए । उद्घाटन समारोहसँगै विभिन्न सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिएको थियो ।

शेयर गर्नुहोस :

0
Shares