बिर्तामोड । झापाको दमकमा आज राती जंगली हात्तीको आक्रमणमा परी ४५ वर्षीय मिन बहादुर भण्डारीको मृत्यु भएको छ । राती २ बजे दमक नगरपालिका वडा नं.३ दिपज्योति टोलमा जंगलबाट आएको एउटा हात्तीले भण्डारीलाई आक्रमण गरेको थियो ।
स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकी भण्डारीले धपाउन खोज्दा हात्तीले १ सय मिटर परसम्म लखेटी लछार पछार पारी उचालेर पछार्दा उनकोको मृत्यु भएको झापा प्रहरी जनाएको छ ।







प्रतिक्रिया