मुख्य समाचार

शिवगञ्ज बजारमा विवाद, बजार बन्द

शिवगञ्ज बजारमा विवाद, बजार बन्द


शिवसताक्षी । झापाको शिवगञ्ज बजार स्थानीय व्यापारीहरुले बन्द गराएका छन् । स्थानीय सरकारले बजार व्यवस्थापनमा चासो नदेखाएको आरोप लगाउँदै स्थानीय व्यवसायीहरुले बजार बन्द गरेका हुन् ।

स्थानीय सरकारले शिवगञ्ज बजारको टहरा भत्काउन दबाब दिएपछि स्थानीयवासी आक्रोशित बनेका शिवगञ्ज बजार संरक्षण समितिका संयोजक भोला मैनालीले बताए । उनका अनुसार स्थानीय बासिन्दा र उपभोक्ताको माग सम्बोधन नगरी स्थानीय सरकारले बल प्रयोग गरेर टहरा भत्काउने भनेपछि बजारवासी उत्तेजित भएर बजार बन्द गराएका हुन् ।
शिवगञ्ज झापाको एक पुरानो बजार हो । जसमा ठुला देखि साना व्यवसायीहरु रहेका छन् ।

शिवगञ्ज बजारको नयाँ तरकारी मण्डी पनि चार दिनदेखि बन्द छ । आजबाट सब्जी मण्ड भने खुलेको छ । सरकारको लागनीमा शिवगञ्ज बजार उत्तर सब्जी मण्डी निर्माण भएर तरकारी व्यापारीहरुलाई नव निर्मित भवनमा व्यवस्थापन गरिएको थियो । सब्जी मण्डीमा व्यवस्थापन भएसँगै शिवगञ्ज बजारमा केही विवाद हुँदै आएको स्थानीय व्यापारी बताउँछन् ।

स्थानीय सरकारले शिवगञ्ज बजारलाई विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्राले बताए । हामीले ठूलो लगानीमा सब्जी बजारलाई व्यवस्थापन गरेका छौं । अब शिवगञ्जको पुरानो बजारलाई पनि व्यवस्थित बनाउन खोज्दैछौं । त्यहाँका जीर्ण अवस्थामा रहेका हटहराहरुलाई व्यवस्थित गर्नु छ । बजारको सौन्दर्यलाई पुरानो टहराबाट हैन । नयाँ संरचना बाट गर्नु पर्छ । केही व्यक्तिहरुको निजी स्वार्थका लागि बजार व्यवस्थित गर्नबाट बच्चित हुनु नहुने नगरप्रमुख थोप्राका भनाई छ । नगर प्रमुखले भने, बजारको पुराना टहराहरु भत्काउनु पर्ने अवस्थामा स्थानीय सरकारले भत्काउँछ । बजारमा त्यहाँका व्यापारीहरुकोे मात्र होइन बजार भर्न आउने सेवाग्राहीलाई पनि सुविधा हुनु पर्छ । स्थानीय सरकार बार्ता सहमतिबाटै समस्याको समाधान गर्नेछ ।

शिवगञ्ज बजार बन्दको विषयमा आफुलाई आधिकारीक जानकारी नआएको वडाध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । उनले शिवगञ्ज बजार विवादको विषय लिएर कही कसैले पनि वडा कार्यालयसम्म आएको छैन । उनले भने, जहाँसम्म सब्जी मण्डी बन्दको कुरा छ, त्यो खुलिसक्यो ।

शिवगञ्ज बजारमा व्यक्तिगत स्वार्थका आधारमा केही व्यक्तीहरुले बजार व्यवस्थापनमा भाजो हाल्न खोजेको शिवगञ्जका बुद्धिजीविहरुको भनाई छ । आफ्नै घर अगाडी बजार बस्नु पर्ने आफ्नो सटहर चल्लु पर्ने जस्ता कुराहरुले बजार व्यवस्थित हुनबाट रोकिने नहुने स्थानीय बुद्धिजीविहरुको तर्क छ ।

सब्धी बजार माथि सब्जी मण्डीमा सारेपछि पुरानो बजारमा अन्य व्यवसाय गर्ने व्यापारीले सब्जी राखिदिदा विवाद बढ्दै गएको थियो ।

शेयर गर्नुहोस :

0
Shares