मुख्य समाचार

चीनसँग ऋण होइन, अनुदान लिनुपर्छः देउवा

चीनसँग ऋण होइन, अनुदान लिनुपर्छः देउवा


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनसँग ऋण लिन नहुने जनाएका छन्। केपी ओली सरकारको मुख्य दलका सभापति देउवाले चीनसँग ऋण नभई अनुदान लिनुपर्ने पार्टी धारणा रहेको प्रष्ट पारे।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद, सिंहदरबारस्थित कार्यालयमा पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलमा अनुपस्थित रहेर धनुषा एक कार्यक्रमका लागि पुगेका छन्। उनले त्यहाँ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अनुदान मात्रै लिनु पर्नेमा जोड दिए।

यता, सिंहदरबारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

शेयर गर्नुहोस :

0
Shares

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu