Banner news

गौहत्याको विरोध गर्ने गौसंरक्षकहरु चक्काजाममा उत्रेपछि ७ राउण्ड अश्रुग्यास प्रहार

गौहत्याको विरोध गर्ने गौसंरक्षकहरु चक्काजाममा उत्रेपछि ७ राउण्ड अश्रुग्यास प्रहार


झापा । झापाको कनकाई नगरपालिका – ३ मा गाई काटेको विषयले मंगलवार दिनभर सो क्षेत्र तनावग्रस्त बन्यो । राती सुरक्षाकर्मी र स्थानीय, गौ संरक्षकहरुबीच झडपको स्थितिसम्म बनेको थियो । काटिएको गाईसहितको गाडि सडकमा तेर्साएर चक्काजाम गरेपछि प्रहरीले तितरवितर बनाउन ७ राउण्ड अश्रुग्यास हानेको छ ।

गौहत्याको विरुद्धमा दिनभर प्रदर्शन भएपछि राती कोटिहोम क्षेत्रमा दाहसंस्कार गर्न लगिएको थियो । घटनास्थलबाट सुरुङा चोकमा आएर स्थानीयवासील प्रदर्शन सहित सडक अवरुद्ध समेत गरेका थिए । पछि कोटिहोममा समेत चक्काजाम गरेपछि प्रहरीले भीडलाइृ हटाएर काटिएको गाईलाई पुरेको छ ।

झडपको क्रममा धर्मगुरुहरुले लाठ्ठी समेत प्रहार गरेको अनुसन्धान अधिकृतहरुले जानकारी दिएका छन् । लाठ्ठी प्रहारबाट सुरक्षाकर्मी र सवारी साधनमा समेत क्षति पुगेको छ ।

कन्काई ३ टप्पुस्थित पूर्णप्रसाद फुँयालको गोठमा बाँधेको लीला प्रसाद सिलवालको लैनो गाई दुहुन जाँदा चोरी भएको थाहा पाएका थिए । गाई चोरी भएको गाई धनीले ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएपछि खोजी सुरु गरिएको थियो ।

दिउँसो स्थानीय लिला संग्रौलाको घरभित्र उक्त हराएको गाई काटिरहेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । गौहत्यामा संलग्न भएको आरोपमा ईलाका प्रहरी कार्यालय अनारमनीको टोलीले खोजतलास गर्ने क्रममा झापा बाह्रदशी गा.पा.–४ स्थित चकचकी घर भई कन्काई न.पा.–३ टप्पु स्थित लिला संगौलाको घरमा डेरा लिई बस्ने बर्ष ४० को बुदना आलम लगायत निजको परिवार÷आफन्त समेतलाई पक्राउ गरेको थियो । उनीहरुको ईलाका प्रहरी कार्यालय अनारमनी झापामा ल्याई थप अनुसन्धान भईरहेको बताइएको छ ।

गौं हत्याको विरोधमा गौंवंश संरक्षणका केन्द्रिय अध्यक्ष एवं सतासीधाम गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा अर्जुनधारा जलेश्वर धामबाट आएका ३०-३५ जना धर्मगुरु, स्थानीय गरी करिब २५० जनाको संख्यामा प्रदर्शन गर्दै गौं हत्या बन्द गर्नुपर्ने नारा लगाएका थिए ।

केन्द्रीय अध्यक्ष एवं सतासीधाम गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको नेतृत्वमा कोटीहोममा राती पुनः चक्काजाम गरेपछि ७ः५५ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा बल प्रयोग गरि तितरबितर बनाएको थियो ।

सोही क्रममा आन्दोलनकारी र प्रहरी बीच झडप हुँदा आन्दोलनकारीहरुले आक्रमण गर्दा सशस्त्र प्रहरी कर्मचारी सामान्य चोट लागि घाईते भएको, ३ वटा सवारी साधनहरुमा तोडफोड भएको, नेपाल प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरि आन्दोलनकारीलाई तितरबितर बनाएको र मृत गाईलाई प्रहरीले कन्काई नदि किनारमा पुरेको थियो ।

शेयर गर्नुहोस :

0
Shares