मुख्य समाचार

पाथीभरा ईन्जिनियरिङ कलेजमा एआई तालिम

पाथीभरा ईन्जिनियरिङ कलेजमा एआई तालिम


बिर्तामोड । पाथीभरा इन्जिनियरिङ कलेज अर्जुनधारा – ११ को आयोजनामा बुधबार एक दिवसीय पत्रकारिता क्षेत्रमा (एआई) प्रयोग सम्बन्धी तालिम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत तालिमको आयोजना गरिएको हो ।

पाथीभरा इन्जिनियरिङ कलेज कम्प्यूटर विभागद्वारा आयोजित तालिममा पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा सामग्री लेखन, उपकरणहरुको प्रयोग र सर्च इन्जिन अप्टिमाइजेशनका बारेमा सहजीकरण गरिएको थियो । कलेजका उपप्रध्यापक ई. सितल प्रसाद मण्डल, विभागीय प्रमुख ई रोशन भट्टराई र प्रविधि विज्ञ दिवस गौतमले सहजीकरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देनले संमृद्धिका लागि प्रविधिको विकास जरुरी रहेको बताएका छन् । उनले प्रविधिम फड्को मार्नैपर्ने समय आएको उनको भनाई छ । कलेजले प्रविधि सम्बन्धी ज्ञान बाँढेकोमा धन्यवाद दिदैं कलेजलाई नमूना र गुणस्तरीय बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रचिवद्धता जनाएका छन् ।

कलेजका अध्यक्ष युवराज प्रसाईको अध्यक्षतामा भएको तालिममा प्रमुख कार्यकारी निर्देशक ई.अनुज पराजुलीले शैक्षिक संस्थाको वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।

शेयर गर्नुहोस :

27
Shares