शिवसताक्षी । झापाको शिवसताक्षी मिनी मेला सहितको चासोक तङनाम पर्वको उद्घाटन गरिएको छ ।
आज शिवसताक्षीको दूधेमा रहेको दुधे रंगशाला परिसरमा चासोक तङनामको उद्घाटन शिवसताक्षी नगर प्रमुख मेगाहाङ्ग थोप्रा र उपप्रमुख नरमाया कार्कीले गरेका हुन् । चासोक तङनाम ३० गतेसम्म चल्ने आयोजक किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।

कार्यक्रमका अधिकांश वक्ताहरुले चासोक तङनाम पर्व एउटा मात्र जातिहरुको नभई सवै जात जातिहरुको साझा पर्व भएको बताए । यस पर्व ७ दिनसम्म साथमा मिनी मेलाको आयोजना गरिएकाले भरपुर मनोरन्जनका साथ मनाउन सबै शुभकामना दिएका थिए ।
मिनी मेलामा विभिन्न खेल तामासा, रोटेपिङ, बालबालिकाहरुका लागि खेल्ल सामग्री, आउजी तमलासहित रहेको मेला समिति संयोजक अग्नी राईले जानकारी दिए । आयोजकले मेलाको अन्तिम दिन ३० गते चासोक तङनामको भव्य कार्यक्रम हुने जनाएको छ । चासोक तङनाम कार्यक्रम आउँदा लिम्बु जातिको पोशाक लगाउने मध्येबाट उत्कृष्ट जोडीलाई समेत सम्मान गरिने आयोजक किराँत याक्थुङ चुम्लुङलका अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।
मेलामा विभिन्न जातिय भेषभुषा, जातिय खानाको परिकार, लिम्बु जातिको संस्कृति जोडिएका सामाग्रीहरुको प्रदर्शन तथा विक्री वितरण गर्न सुरु गरिएको छ ।
उद्घाटन कार्यक्रममा नगरप्रम्ुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष बहादुर आङ्गबो, शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङ, ध्रवतारा आवाशिय माध्यमिक विद्यालयका प्रिन्सीपल डम्बर खड्का, दिपराज गिरी, सन्तोष मेन्याङबो लगायतले शुभकामना मन्तव्य राखेका थिए । किराँत याक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष विरबल जवेगुको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत भिम लिवाङ र सञ्चालन सूर्यप्रकाश योङयाले गरेका थिए ।







प्रतिक्रिया