Banner news

भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौँ अवतरण

भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौँ अवतरण


भद्रपुर । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा नै अवतरण गरिएको छ ।

बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि विमानलाई काठमाडौँ डाइभर्ट गरिएको हो ।

आधा समय उडान गरिसकेको विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको हो । प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ ।

काठमाडौँबाट १०ः३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण केही बेर अन्य उडानहरु होल्ड गरिएको थियो । यात्रुलाई अर्को विमानमार्फत भद्रपुर पठाउने तयारी गरिएको छ ।

शेयर गर्नुहोस :

0
Shares