मानसिक स्वास्थ्य सम्वन्धि झापाका ट्राफिक प्रहरी र प्रहरीलाई प्रशिक्षण

मानिसमा धेरै महत्वकांक्षा बढ्नु, अस्वभाविक बढ्दो वैदेशिक रोजगारी , अनौपचारिक क्षेत्रमा व्यवसाय गर्नु, सामाजिक सञ्जालको सही उपयोग नगर्नु, बढ्दो दिर्घ रोग, मध्यपान र धुम्रपानको बढी प्रयोग जस्ता विविध कारणले नेपालमा मानसिक रोगका विरामी बढ्दै गएको कार्यक्रममा जानकारी गराइयो । जसका कारण मानिसले आत्महत्या गर्ने सम्मको बाटो रोज्ने गरेको बिर्तासिटी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आभाष निरौलाले बताउनुभयो । डा. निरौलाले पछिल्लो समय बैदेशिक रोजगारीबाट फर्किएकाहरुमा मानसिक रोगको समस्या धेरै पाईएको समेत उल्लेख गर्नुभयो ।
मानिसले शारीरिक स्वास्थ्यको अधिक ख्याल गर्ने तर मानसिक स्वास्थ्यका विषयमा खासै चासो नदेखाउने समस्या देखिएपनि लुकाउने गरेका कारण मानसिक स्वास्थ्यको अवस्था विकराल बन्दै गएको बिर्तासिटी अस्पतालकी डा. रोमी वस्नेतको बुझाई छ । विभुक्ति प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी डा. बस्नेतले मानसिक स्वास्थ्य सम्वन्धि जनचेतना अभिवृद्धिका लागि प्रहरीसंगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको बताउनुभयो । समाजदेखि सडक सुरक्षासम्मको जिम्वेवारी वहन गर्ने प्रहरी र ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने हुँदा उनीहरुलाई समेत मानसिक रुपले दह्रो बनाउन कार्यक्रम आयोजना गरिएको डा. वस्नेतको भनाई छ ।







प्रतिक्रिया