मुख्य समाचार

युवा संघका नेतामाथि खुकुरी प्रहार गरेको आरोपमा थप एक जना पक्राउ

युवा संघका नेतामाथि खुकुरी प्रहार गरेको आरोपमा थप एक जना पक्राउ


बिर्तामोड । झापाको बिर्तामोडमा गत मंगलवार राती भएको खुकुरी प्रहारको घटनामा संलग्न भएको आरोपमा थप एक जनालाई झापा प्रहरीले आज पक्राउ गरेको छ ।

राष्ट्रिय युवा संघका नेता खगेन्द्रराज आङदम्बे (राज) सहित तीन जना युवामाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले झिलझिलेबाट दुर्गा राईलाई पक्राउ गरेको हो ।

बुधबार प्रहरीले सोही घटनामा संलग्न भएको आरोपमा खगेन्द्र खालिङ राईलाई पक्राउ गरेको थियो भने उनको भतिज पर्ने दुर्गा राई आज पक्राउ परेका हुन् ।

घटना विवरण अनुसार बिर्तामोड–४ स्थित भद्रपुर रोड पश्चिममा खगेन्द्र खालिङले आफ्नो डेरामा फोन गरेर आङ्देम्वेलाई बोलाएका थिए । त्यस लगत्तै घर पुगेका आङदेम्वे गाडिबाट ओर्लनसाथ हत्या गर्ने उद्देश्यले खुकुरी प्रहार भएको प्रत्यक्षदर्शी बताउछन् । आङदेम्वेसहित तीनै जना अहिले विएण्डसीमा उपचाररत छन् ।

परिवारले इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएका छन् ।

शेयर गर्नुहोस :

0
Shares