Banner news

मेची क्याम्पसको स्ववियु सभापतिमा निलम कार्की निर्वाचित

मेची क्याम्पसको स्ववियु सभापतिमा निलम कार्की निर्वाचित


बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको स्ववियु सभापतिमा नेविसंघको उम्मेदवार निलम कार्की निर्वाचित भएकी छन् । ८२६ मत प्राप्त गर्दै उनी सभापतिमा निर्वाचित भएकी हुन् ।

नेविसंघले सचिव, कोषाध्यक्ष र ६ जना सदस्य जितेको छ ।

१ जना सदस्य अनेरास्ववियुले जितेको बुझिएको छ । मेची क्याम्पसमा निलम कार्की पहिलो छात्रा स्ववियु सभापति निर्वाचित भएकी हुन् । उनी मेची क्याम्पसको २१ औं स्ववियु सभापति हुन् । नेविसंघको तर्फबाट पाँचौं सभापतिमा कार्की निर्वाचित भएकी छन् ।

सचिवमा नेविसंघका विवेक तामाङ र कोषाध्यक्षमा प्रतिक शाह रौनियार निर्वाचित भएका छन् । तामाङले ६३३ र रौनियारले ९०९ मत प्राप्त गरेका छन् ।

यसअघि अनेरास्ववियुका सन्देश धमला निर्वाचित भएका थिए ।

शेयर गर्नुहोस :

81
Shares