आर्थिक

पूर्वीनाका काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात

पूर्वीनाका काँकरभिट्टाबाट १८ अर्ब ६२ करोडको कृषिजन्यवस्तु निर्यात

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

भद्रपुर , ५ वैशाख – प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्षको नौ महिनामा रु १८ अर्ब ६२ करोड ७६ लाख ९६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ ।
कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त नौ महिनाको अवधीमा सबैभन्दा धेरै चिया रु आठ अर्ब ४१ करोड ८९ लाख, अलैँची रु पाँच अर्ब ६३ करोड २० लाख, प्लाइ तथा भेनियर रु दुई अर्ब ८७ करोड ३१ लाख मूल्य बराबरको निर्यात भएको छ ।
यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा रु २७ करोड २१ लाख, अम्लिसो रु ८७ करोड २१ लाख, बन्दा रु आठ करोड १७ लाख, जडिबुटी रु चार करोड ५८ लाख, मसुरो दाल रु चार करोड मूल्य बराबरको निर्यात भएको छ ।  सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधीमा पूर्वीनाकाबाट रु दुई अर्ब ७० करोड ६८ लाख २६ हजार मूल्य बराबरको कृषिजन्य मालबस्तु आयात भएको छ ।
आयत हुने मुख्य कृषिजन्य बस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफुल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो रु १४ करोड ४५ लाख ७६ हजार, चामल रु ६ करोड एक लाख, ताजा तरकारी रु ३४ करोड चार लाख मूल्य बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफुल रु ३१ करोड ८० लाख, लसुन रु ६३ करोड ८० लाख, आलु रु ३६ करोड ४९ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

शेयर गर्नुहोस :

459
Shares