मुख्य समाचार

आज सुनको भाउ १ सय रूपैयाँले बढयो

आज सुनको भाउ १ सय रूपैयाँले बढयो


काठमाडौं, १४ बैशाख । आज सुनको भाउमा सामान्य बृद्दी भएको छ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा एक सयले वृद्धि हुँदा चाँदीको भाउ भने घटेको छ ।

जसअनुसार आज सुन प्रति तोला एक सय रुपैयाँले वृद्धि भएर एक लाख ८९ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत शुक्रबार तोलाको एक लाख ८९ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

साथै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस :

54
Shares