आर्थिक

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो


काठमाडौँ, १५ वैशाख –  आज सुनको मूल्य तोलामा रु एक हजार ४०० ले गिरावट देखिएको छ ।
आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर  एक हजार ९७० कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

शेयर गर्नुहोस :

162
Shares