बिर्तामोड । प्रदेश सांसद पूर्णसिंह राजवंशीले प्रदेश १ को नाम कोचिला प्रदेश हुनुपर्ने माग राखेका छन् । प्रदेशसभाको बैठकमा बोल्दै सांसद राजवंशीले कोच प्रदेश नामाकरण नभए विद्रोह हुने चेतावनी समेत दिएका छन् । झापा क्षेत्र नं. ३ (ख) बाट निर्वाचित सांसद राजवंशीले कोच पहिचानका बारेमा कुनै पनि राजनीतिक दलहरुले आवाज नउठाएको भन्दै दुख व्यक्त गरेका…