प्रतिनिधिसभाबाट नागरिकता विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राख्नुभएको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिनु भएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाणले प्रस्तुत गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि…