माघ ३ गतेदेखि खोप कार्ड अनिवार्य

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ ३ गतेदेखि सरकारीसहित सार्वजनिक निकायमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनुपर्ने व्यवस्था गर्न सिफारिस गरेको छ । गृहमन्त्रालयमार्फत स्थानीय तहसम्म कार्यान्वयन हुनेगरी व्यवस्था मिलाउन सिफारिस गरिएको  केन्द्रकी प्रवक्ता सुनिता नेपालले  जानकारी दिइन् ।