बिर्तामोड । अरुणोदय बचत तथा ऋण सहकारी संस्था विर्तामोडले तीन जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । सहकारीको ९ औं वार्षिक साधारणसभाको अवसरमा अरुणोदय शैक्षिक पुरस्कारबाट तीन जना विधार्थीलाई सम्मान गरेको हो । एसईईमा शेयर सदस्यका छोराछोरीमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने रोहण कट्टेल, रिया पोखरेल, स्वस्तिका न्यौपानेलाई अरुणोदय पुरस्कारबाट पुरस्कृत गरिएको संस्थाका अध्यक्ष ताराप्रसाद नेपालले जानकारी…