शहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस

काठमाडौं- शहरी क्षेत्रका विद्यालय आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ । कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ । सरकारले कोरोनासम्बन्धी नयाँ स्वास्थ्य मापदण्ड पनि जारी…