काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गायिका मेनुका पौडेलको गायन यात्राको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीले जन्मजात दृष्टिविहीन रहनुभएकी मेनुका पौडेलको सङ्गीतप्रतिको लगाव र कठिन सङ्घर्षको प्रशंसा गर्नुभएको छ । म कलाकार मेनुका पौडेलको इण्डियन आइडलसहित उहाँको समग्र गायन यात्राको सफलताको लागि हार्दिक शुभकामना दिन चाहन्छु ,उहाँले भन्नुभएको छ ।…