समृद्धिको आधार तयार गर्न राजनीतिक दलहरू एकढिक्का

काठमाडौँ - सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमाथि चौतर्फी प्रहार भइरहेका बेला त्यसको प्रतिकार सबै दल मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । विस्तृत शान्ति सम्झौता तथा त्यसपछि…