एकराज प्रधान बिर्तामोड । सामान्यतया साहित्यिक कार्यक्रम भन्ने बित्तिकै किताब विमोचन, पुरस्कार वितरण, कविता गोष्ठी भन्ने बुझ्न सकिन्छ । कतिपय औपचारिकताले साहित्यिक कार्यक्रमलाई बोझिलो बनाउने गरेको अवस्थामा बिर्तामोडमा बिहीबार आयोजित एक कार्यक्रमले नयाँपन दिएको महसुस गराएको छ । लेखक तथा साहित्यकारहरुले एकोहोरो बोलिरहने पट्यारलाग्दो परम्पराको अन्त्य गर्दै पहिलोपटक लेखकसँग पाठकहरुको प्रत्यक्ष अन्तर सम्वाद शैलीको कार्यक्रम…